मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
राजनीति

मतदानका दिन सवारीसाधन चलाउन ककसले लिनुपर्छ पास ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ फागुन, २०८२ मा प्रकाशित
मतदानका दिन सवारीसाधन चलाउन ककसले लिनुपर्छ पास ?
काठमाडौं, फागुन १५ :

निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जसअनुसार निजी तथा सार्वजनिक सवारीसाधन फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म पूर्ण रूपमा बन्द रहनेछन्। आयोगका अनुसार मतदानका दिन सवारी चलाउन निम्न पक्षले अनिवार्य रूपमा पास लिनुपर्नेछः

  • सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनका प्रतिनिधि
  • अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक
  • कूटनीतिक नियोगका सवारीसाधन
  • सञ्चारकर्मी
  • संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोगका प्रतिनिधि तथा विशिष्ट व्यक्ति
  • यस्ता सवारीसाधनले आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ।

तर एम्बुलेन्स, शववाहन, दमकल, अस्पतालका सवारी, खानेपानी ट्याङ्कर, दूध ढुवानी, विद्युत, दूरसञ्चार, सूचना प्रविधि तथा डाटा सेन्टरसम्बन्धी सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन सुरक्षाकर्मी र स्थानीय प्रशासनमार्फत सहजीकरण गरिने आयोगले जनाएको छ। आकस्मिक स्वास्थ्य जस्ता गम्भीर अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गरी सुविधा लिन सकिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार