बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ फागुन, २०८२ मा प्रकाशित
‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’
काठमाडौं, फागुन १७ :

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गरेकी छन् ।

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका  सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गरेकी छन् । आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार