काठमाडौं, फागुन १९ :

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिखित जवाफसहितउपस्थित गराउन आदेश दिएको छ । मंगलबार बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल, अधिवक्ताहरू रेणुकादेवी सिटौला, पारसमणि फुँयाल र विकास भट्टराईले बहस गरेका थिए । 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ' अभियानका संयोजकसमेत रहेका प्रसाईंलाई निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो । चुनाव बहिस्कार गर्ने घोषणा प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।