आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

मध्यपूर्वमा रहेका नेपालीहरुको उद्दार गर्न आपतकालीन टोली गठन

विभिन्न विमानस्थलको ट्रान्जिटमा करिब एक हजार नेपाली नागरिक रहेको अनुमान ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
मध्यपूर्वमा रहेका नेपालीहरुको उद्दार गर्न आपतकालीन टोली गठन
काठमाडौं, फागुन १९ :

परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षाका साथै उद्दारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ । 

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली(इमरजेन्सी रेस्पोक्स टिम) गठन गरिएको जानकारी दिए । 

सरकोरवाला निकायहरूबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारको लागि आवश्यक र उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्ने लगायतको प्रयोजनको लागि आपतकालीन उद्धार टोली गठन भएको उनले बताए । 

उनले मध्यपूर्वमा भएको पछिल्लो घटनाक्रमका सन्दर्भमा नेपाली नागरिकको सुरक्षाको प्रत्याभूतिको लागि उच्च महत्व दिइरहेको जानकारी सम्बन्धित देशका दूतावासबाट जानकारी हुन आएको उल्लेख गरे । खड्काले विभिन्न विमानस्थलको ट्रान्जिटमा करिब एक हजारको संख्यामा नेपाली नागरिक रहेको हुन सक्ने भन्दै उनीहरुको सम्बन्धित एयरलाइन्सहरुले व्यवस्थापन गरिरहेको बताए । ट्रान्जिटमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने अथवा अन्यत्र कसरी पठाउने भन्ने विषयमा सम्बन्धित एयरलाईन्सले नै त्यसको जिम्मा लिनुपर्ने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार