शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

मौन अवधिको समयमा नगदसहित पक्राउ परेका उम्मेदवार यादव रिहा

तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउने वाचा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
मौन अवधिको समयमा नगदसहित पक्राउ परेका उम्मेदवार यादव रिहा
काठमाडौं, फागुन २० :

नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई हिरासत मुक्त गरिएको छ । 

तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउने गरी उनसहित पाँच जनालाई नै छाडिएको जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले बताए । 

उनी मौन अवधिको समयमा गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरमा प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । बरामद रकम र गाडीसहितका सामाग्री भने तत्काललाई सिज गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार