
काठमाडौं, फागुन २० :
नगदसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई हिरासत मुक्त गरिएको छ ।
तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउने गरी उनसहित पाँच जनालाई नै छाडिएको जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले बताए ।
उनी मौन अवधिको समयमा गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरमा प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए । बरामद रकम र गाडीसहितका सामाग्री भने तत्काललाई सिज गरिएको छ ।