काठमाडौं, फागुन २० :

भोलि हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन करिब ८ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । अहिले पनि माइक्रो, जिप, बस, मिनिबस, मोटरसाइकल र हवाईजहाजमार्फत विभिन्न जिल्लामा मतदाताका लागि गइरहेका छन् । निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्ला जानेको संख्या दैनिक बढ्दो छ ।

निर्वाचनका लागि करिब साढे ९ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। मतदानको दिन नजिकिँदै गर्दा काठमाडौंका सडक सुनसान हुन थालेका छन् । आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।भोलि देशभरका १६५ निर्वाचन क्षेत्रमै प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।