दोलखा, फागुन २१ :
दोलखाको मालु मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको छ ।
यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका छन् ।
मतदान केन्द्रमा तनाव शान्त पार्न प्रयास भइरहेको बताईएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।