सर्लाही, फागुन २२ :

बहुचर्चित सर्लाही–४ को मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा बिहान १० बजेपछि मतगणना सुरु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका रहेको बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ बाट मतबाट गणना सुरु भएको छ ।