रुकुम पूर्व, फागुन २२ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ पाएर दोस्रो भएका छन् । भने कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएर तेस्रो भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।