सुनसरी, फागुन २४ :

सुनसरी - १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनी ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उgका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरे ।

यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।