मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस : संयोजक कार्की

दोषीलाई कारबाही गर्न नसके अर्को आन्दोलन हुन सक्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ फागुन, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस :  संयोजक कार्की
काठमाडौं, फागुन २४ :

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सवैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् । 

आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भाद्र २३ गते युवाहरुलाई गोली हान्न आदेश दिने देखि गोली नरोक्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताए । भाद्र २४ गतेको घटनामा पनि दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

उनले आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । आफूहरुले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष भएर काम गरेकाले सन्तुष्ट रहेको उनले बताए । उनले केही काम सकिन बाँकी रहेको र निर्वाचनलाई समेत असर पर्ने देखेर निर्वाचनपछि सरकारलाई प्रतिवेदन बुझाएको उल्लेख गरे । 

कार्कीले छानबिन आयोगको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्न नसके अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सजक गराइएको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार