बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि #निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि
राजनीति प्रदेश गण्डकी प्रदेश

डा स्वर्णिम वाग्लेको नीतिबाट राजनीतिसम्मको यात्रा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ फागुन, २०८२ मा प्रकाशित
डा स्वर्णिम वाग्लेको नीतिबाट राजनीतिसम्मको यात्रा
तनहुँ, फागुन २५ :

नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

डा वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका हुन् । गत उपनिर्वाचनमा उनी यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए।

गोरखा जिल्लामा जन्मिएका वाग्ले सामान्य परिवेशमा हुर्किएका थिए । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उनी उच्च शिक्षाका लागि विदेश पुगे। अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उनले  ‘पिएचडी’ पूरा गरेका छन् ।

अध्ययनका क्रममा उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उनलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।

उच्च शिक्षापछि डा वाग्लेले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरे । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उनले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरे।

स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरे । यही सोचका साथ उनी रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बनाएका छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा राखे ।

डा वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार