
समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ ।
अब १३ निर्वाचन क्षेत्रको मात्रै मतगणना बाँकी रहेको र गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यातर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १ सय २५, नेपाली कांग्रेस १८, नेकपा एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा निर्वाचित भइसकेका छन् । समानुपातिक तर्फ बिहान ९ बजेसम्ममा १ करोड ३ लाख ६१ हजार मतगणना भइसकेको छ ।
निर्वाचन आयोगले प्रेषित गरेको विवरण अनुसार, १३ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ ।कोशी प्रदेशको इलाम १, सुनसरी २, भोजपुर १, ओखलढुंगा, संखुवासभाको समानुपातिकको मतगणना भइरहेको छ । मधेश प्रदेशमा धनुषा १ र २, महोत्तरी ४ र सप्तरी १ को मतगणना भइरहेको छ । गण्डकी प्रदेशमा गोरखा १ र २ को मतगणना जारी छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम १ र बर्दिया २ को मतगणना भइरहेको छ ।
फागुन २१ गते भएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रको परिणाम आईसकेको छ ।