बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

काठमाडौंको मौसम प्रदूषित : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
काठमाडौंको मौसम प्रदूषित  : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल
काठमाडौं, फागुन २६ :

काठमाण्डौ उपत्यकामा प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको छ ।  तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहनेदेखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुने जानकारी दिइन् । उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरे । कोसी, वागमती, मधेश, र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका केही सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार