सिरहा, फागुन २७ :

सिरहामा आज दिउँसो बम विस्फोट भएको छ ।  जिल्ला अदालत अगाडि रहेको मधेस 'ल' फर्ममा बम विस्फोट भएको हो ।

अपराह्न ४ बजे बजे भएको बम विस्फोटमा परी एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।

सुतली बम भएको प्रारम्भिक अनुमान गरिए छ । अहिले थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।