काठमाडौं, फागुन २९ :
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए । उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति देखियो, कांग्रेस चुप लागेर बस्दैन’
गगन थापाले भने- कांग्रेसको १५ औं महाधिवेशन भइसक्यो, पार्टीकै नाममा अर्को महाधिवेशन गर्न मिल्दैन
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल