मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले #हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा#काठमाडौँ-धुलिखेल मैत्री पार्क#ट्राफिक नियम उल्लङ्घन#सवारीचालक कारबाही#कांग्रेस केन्द्रीय समिति#अर्थमन्त्री डा स्वर्णिम वाग्ले
खेलकुद फुटबल

नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने मुख्य प्रशिक्षक एरेनाको लक्ष्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने मुख्य प्रशिक्षक एरेनाको लक्ष्य
काठमाडौं, फागुन २९ :

नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली टिमलाई नयाँ उचाईमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नवनियुक्त प्रशिक्षक एरिनाले नेपाली टिममा देखिएको कमीकमजोरीलाई सुधार गर्दै नयाँ उचाईमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन् ।

उनले आफू मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहँदा राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने मुख्य लक्ष्य हुने उल्लेख गरे । नेपाली खेलाडीहरुमा निकै राम्रो क्षमता आफूले देखेको भन्दै प्रशिक्षक एरिनाले खेलाडीहरुलाई पूर्ण रुपमा तयार पार्ने बताए । हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि त्यसपछिका खेलहरुमा राम्रो नजिता आउने उनको विश्वास छ । 
अखिल नेपाल फुटबल संघ (एन्फा)का एरेनालाई एकवर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले विभिन्न देशका क्लवहरुमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार