काठमाडौ, चैत १ :

 नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक  आह्वान गरेको छ ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसले पाउने सदस्यहरूको संख्या निर्धारण भएपछि टुंगो लगाउन आज बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवार मध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ ।

काँग्रेसले प्रत्यक्षमा भने १८ सिट मात्र जितेको छ ।