बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन #मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन
राजनीति

रास्वपाले समानुपातिक उम्मेदवारको नाम तय गरी आयोगलाई बुझाउँदै

झा भन्छन्- सरकार बनाउन १० दिन जति लाग्न सक्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारको नाम तय गरी आयोगलाई बुझाउँदै
काठमाडौं, चैत १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक अहिले जारी रहेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट सहभागी भएका छन्। स्वास्थ्य अवस्थाका कारण लामिछाने प्रत्यक्ष रूपमा उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ।

आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ।

यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सरकार बनाउन १० दिन जति लाग्न सक्ने बताएका छन्। बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा उनले  सरकार बनाउन १० दिन जति लाग्न सक्ने अनुमान गरे। फागुन २१ गते भएको निर्वाचनबाट लगभग दुईतिहाई मत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार बन्दैछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार