
काठमाडौ, चैत ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित एक होटेल जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका समेत राखिएको छ ।
हिजोबाट जारी अभिमुखीकरण कार्क्रमको उद्घाटन कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।
आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । अभिमुखिकरण कार्यक्रम आज समापन हुदैछ ।
कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको हो।