धनगढी, चैत ५ :

कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृ*त्यु भएको छ । कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ना ६ ख ७७८ नम्बरको ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको हो । ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरुको पनि परेको भएको छ भने अर्को गोरु घाइते भएको जनाइएको छ । चालक धनगढी उपमहानगरपालिका –३ बोराडाँडीका ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।