धनगढी, चैत ५ :
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृ*त्यु भएको छ । कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ना ६ ख ७७८ नम्बरको ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको हो । ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरुको पनि परेको भएको छ भने अर्को गोरु घाइते भएको जनाइएको छ । चालक धनगढी उपमहानगरपालिका –३ बोराडाँडीका ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : बुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल