मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सरुवा-नियुक्ति विवादमा मन्त्री इङ्नाममाथि गम्भीर आरोप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
सरुवा-नियुक्ति विवादमा मन्त्री इङ्नाममाथि गम्भीर आरोप
काठमाडौं, चैत ८ :

सहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै गरेका मन्त्री कुमार इङ्नामको अभिव्यक्ति विवादमा परेको छ। बिदाइ समारोहमा उनले कर्मचारी, इन्जिनियर तथा अर्थ मन्त्रालयका कर्मचारीप्रति अमर्यादित भाषा प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

स्रोतका अनुसार कर्मचारी सरुवा योजना असफल भएपछि उनी आक्रोशित बनेका थिए। उनले सरुवामार्फत आर्थिक लाभ लिन खोजेको आरोप छ, तर स्वर्णिम वाग्लेको हस्तक्षेपपछि योजना रोकिएको बताइएको छ।

त्यसैबीच, उनले विभागीय महानिर्देशक परिवर्तन गर्न खोज्दै सचिव गोपालप्रसाद सिग्देललाई निर्देशन दिएको र विवादास्पद सहसचिव चक्रबर्ती कण्ठलाई डीजी बनाउन प्रयास गरेको आरोप छ।

यस प्रकरणमा प्रवेश शिवाकोटी र नारायण मैनालीले मध्यस्थता गरेको दाबी गरिएको छ भने निर्वाचन आचारसंहिता लागू हुँदाहुँदै अशोक साहलाई महानिर्देशक नियुक्त गरिएको विषय पनि विवादमा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार