काठमाडौं, चैत ९ :

राष्ट्रिय महिला आयोगमा हिंसापीडित महिलाका लागि न्याय माग गर्दै नाराबाजी गरिएको छ । विभिन्न नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् ।  न्यायका लागि माइतीघर मण्डलामा धर्ना बस्दा आएका उनीहरु सुनुवाइ नभएपछि आयोगको  ध्यानाकर्षण गराउन पुगेका हुन् ।

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने उनीहरुको माग छ ।