मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कोसी प्रदेश

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४८ मिनेट अगाडि प्रकाशित
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
विराटनगर, कात्तिक १० :

कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए ।

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ ।

बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार