मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मनाेरञ्जन

काठमाडौँ महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि फिल्म फेस्टिभल

भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती उपस्थिति हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
काठमाडौँ महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि फिल्म फेस्टिभल
काठमाडौं, कात्तिक १० :

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उदेश्यका साथ काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिएको जनाएको हो ।

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थिति हुने महागरले जनाएको छ ।

महानगरपालिकाले पुराना चलचित्रहरूको संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकका नेपाली कथानक चलचित्रहरू ’कुमारी’ र ’के घर के डेरा’को विशेष प्रदर्शन गर्ने जनाएको छ ।

स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नु समेत काठमाडौं फिल्म फेस्टिभलको मूख्य लक्ष्य रहेको महानगरले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार