बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

अर्थविद् केशव आचार्यको निधन, अन्त्येष्टि मङ्गलबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ चैत, २०८२ मा प्रकाशित
अर्थविद् केशव आचार्यको निधन, अन्त्येष्टि मङ्गलबार
काठमाडौं, चैत ९ :

अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए ।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने  शिखरले बताए । गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

आचार्यको छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक  सल्लाहकारको भूमिकासमेत निभाएका थिए । उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार