सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति

रेणुको हारमा ओलीको दु:खमनाउ

चितवनका जनताले कामको मूल्यांकन गरेनन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ चैत, २०८२ मा प्रकाशित
रेणुको हारमा ओलीको दु:खमनाउ
भक्तपुर, चैत ९ :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री रेणु दाहाल पराजित भएकोमा दुःखमनाउ गरेका छन्। पृतिशोकमा रहेका ओलीलाई समवेदन प्रकट गर्न सोमबार भक्तपुरको गुण्डुस्थित पुगेकी दाहालसँगको कुराकानीका उनले दु:खमनाउ गरेका हुन् ।

ओलीले नेत्री दाहाल जित्ने विश्वासमा आफू रहेको सुनाए।  विकास गरेको मान्छेले जित्नुपर्ने हो तर चितवनका जनताले कामको मूल्यांकन गरेनन्’ ओलीले  भने, ‘हार्छ्यौ जस्तो लागेको थिएन।’

भरतपुर महानगरपालिकाको मेयर भएर दाहालले गरेको कामको ओलीले चर्चा गरे। एमाले अध्यक्ष ओली र नेकपा नेत्री दाहालबीच करिब आधा घण्टा कुराकानी भएको थियो। दाहालले पृतिशोकमा रहेका ओलीप्रति समवेदना प्रकट गर्दै ओलीका पिता मोहनप्रसाद ओलीको तस्बिरमा फूलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार