पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बिना सर्त रिहाईको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
उनीहरुले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । ओलीको गिरफ्तारीलाई लिएर एमालेले हिजो देशभरबाट सीडीओमार्फत विरोधपत्र बुझाएको थियो । जेनजी आन्दोलन दमन गर्न बल प्रयोग गरेको आरोपमा अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान उनीहरुकै निवासबाट पक्राउ गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।