बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न
काठमाडौं, चैत १७ :

सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा सकिएको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमी (चैते दसैँ) देखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सुरु हुन्छ । 

राजा शिवसिंह मल्लले ने.सं. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलाएको मानिन्छ ।

सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीकका रूपमा हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको विश्वास गरिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार