काठमाडौं, चैत १८ :

संसद् सचिवालयको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।  दिउँसो १ बजेपछि संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसेको हो ।

भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले प्रतिनिधित्व गरेका छन् भने एक जना स्वतन्त्र (महावीर पुन) निर्वाचित सांसद छन् ।