नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’चयन भएका छन् । बुधबार भएको संसदीय दलको नेता चयनका क्रममा थापाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङ नेम्वाङले खादा ओढाएर बधाई दिएका छन् । नेतामा दाबी गरेको सांसद नेम्वाङले भने मनोनयन दर्ता गर्ने बेलामा समर्थक र प्रस्तावक नै भेटाएनन् ।
अन्तिममा सुहाङले उम्मेदवारी नदिएर उनी नै बादलको प्रस्ताव बनेका थिए। एउटा मात्रै उम्मेदवारी परेपछि बादल निविरोध निर्वाचित भएको घोषणा गरिएको हो। प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।