बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार भिडियो

हेटौँडामा चैत २६ देखि ‘विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन’अनुष्ठान हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
हेटौँडामा चैत २६ देखि ‘विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन’अनुष्ठान हुँदै
काठमाडौं, चैत १९ :

बोधि श्रवण धर्म संघ नेपालले यही चैत्र २६ गतेदेखि ३० गतेसम्म मानवलगायत सम्पूर्ण जगतको उद्धार गर्न “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम" हेटौँडाको लोकतान्त्रिक (हुप्रा) चौरमा गर्ने भएको छ ।

२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन-मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रमले  विश्वशान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री शान्तिको सन्देश प्रवाह गर्ने संघले जनाएको छ ।

अहिले मानव अन्तरमन तीब्र गतिमा भौतिक र आध्यात्म बीचको द्वन्द्वको चक्रमा अल्झिएको भन्दै संघले असहिष्णुता, हिंसा र बिभाजनतर्फ बढ्दै गइरहेको मानव समाजलाई मैत्री भावपूर्ण शान्ति, सत्य र शुद्धता स्थापित गर्न अनुष्ठानको आयोजना गरिएको उल्लेख गरेको छ ।

संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मैत्रीभावलाई आत्मबोध गर्दै  अर्पण, समर्पण पूर्ण निष्ठाका साथ निस्वार्थ भाव (मैत्रीभाव) द्वारा गरिने सत्कर्ममा लाग्न सकून भन्ने उदेश्य अनुष्ठानको रहेको जनाएको छ ।

शान्ति, दया, माया, करुणा, मित्रता, मैत्रीयता, सह-अस्तित्व, सह-जीवन, सहकार्य जस्ता मानवताबादी भावना अभिबृद्धि गर्न सहयोग पुग्ने भन्दै संघले सो अनुष्ठानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार