शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

एमालेले शुक्रबार डाक्यो सचिवालयको आकस्मिक बैठक

बादललाई कारबाही गर्ला कि माफी माग्ला ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
एमालेले शुक्रबार डाक्यो सचिवालयको आकस्मिक बैठक
काठमाडौं, चैत १९ :

नेकपा एमालेले  सचिवालयको आकस्मिक बैठक बोलाएको छ । संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारलाई लिएर एमालेले सचिवालयको आकस्मिक बैठक आह्वान गरेको हो ।

सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।  पार्टीका नेताहरूले नै बादलको अभिव्यक्ति एमालेको आधिकारिक नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।

बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन ‍‍ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए । बादलले दिएको त्यस किसिमको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै नभएको नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार