
काठमाडौं, चैत २० :
एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधनलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।
रास्वपाले प्राप्त गरेको विजयमा विभिन्न दृष्य, दृष्य पक्ष जोडिएको भनेपछि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट तत्काल विरोध मात्र जनाएनन् कि उनीहरुले उक्त धारणा एमालेको नभएर बादलमाथि दोषारोपण गरेका छन् ।
तर, बादलले आफूले नेताहरुसँग सल्लाह गरेरै बोलेको जवाफ दिएका छन् । ‘मैले लिखित बोलेको हुँ । जसले लिखित दिएको हो, त्यही पढेको हुँ । जे दिए त्यही बोलेँ, के बिराएँ ? बादल निकटस्थ स्रोतले बताएको छ । बादललाई लिखित मन्तव्य उपलब्ध गराउनेको खोजी हुन थालेको छ। जारी सचिवालय बैठकमा सोही विषयमा गम्भीर रुपमा छलफल भइरहेको छ ।