आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति भिडियो

‘युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या’

इरानमा पक्राउ परेका ११ जना नेपाली सुरक्षित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० चैत, २०८२ मा प्रकाशित
‘युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या’
काठमाडौं, चैत २० :

परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण विभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव फिर्ता समस्या भएकोप्रति गम्भीर रहेको बताए ।

उनले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरु पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए । प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरुको संख्या क्रमश घट्दै गएको उल्लेख गरे ।

त्यसैगरी युद्धको समयमा अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरुले पालना गरिरहेको भन्दै उनले नियम उलंघन गर्ने केही नेपालीहरु पक्राउ परेको जानकारी दिए । यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खवर प्राप्त भएको उनले बताए । उनले इरानमा रहेका ११ जना नेपालीहरु सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा रहेको जानकारी दिए ।

प्रवक्ता क्षेत्रीले ठूलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्बन्धित दूतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए । पश्चिम एसियाको युद्धका कारण ठूलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार