शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

एमाले सचिवालय बैठक : बादलको अभिव्यक्तिलाई एमालेले गर्‍यो 'करेक्सन'

नेपाली सेना, प्रहरी र अन्तर्राष्ट्रिय निकायसँग मित्रवत् सम्बन्ध रहेको स्पष्ट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ चैत, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक :  बादलको अभिव्यक्तिलाई एमालेले गर्‍यो 'करेक्सन'
काठमाडौं, चैत २१ :

नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिलाई सच्याएको छ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको नेपाली सेना, प्रहरी र अन्तर्राष्ट्रिय निकायसँग मित्रवत् सम्बन्ध रहेको स्पष्ट पारेको छ।  बादलका ती अभिव्यक्ति एमालेले लोकतान्त्रिक प्रणालीका लागि अपनाएका मुलभूल एजेन्डाको प्रतिकूल रहेको बैठकले ठहर थियो ।

आकस्मिक रुपमा डाकिएको  उक्त बैठकमा बादलको अभिव्यक्तिबारे करिब ६ घण्टा लामो समीक्षा गरिएको थियो।  बैठकपछि विज्ञप्ति जारी गर्दै  महासचिव शंकर पोखरेलले बादलको उक्त धारणालाई करेक्सन गरेका छन् । बैठकमा सचिवालयका अधिकांश नेताले उनको अभिव्यक्ति ठीक नभएको भन्दै यसलाई पार्टीको नीति अनुसार स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए ।

‘अहिले पनि उहाँको बुझाइ माओवादीमा रहेका बेलाको भन्दा फरक रहेनछ’, एक नेताले भने, ‘उहाँले एमालेका मन्यता बुझ्न बाँकी नै रहेको देखियो ।’निर्वाचन परिणामप्रति नै शंका व्यक्त गर्दै प्रतिनिधिसभाको पहिलो बैठकमा बादलले ६ मिनेट १७ सेकेन्ड बोलेका थिए । अदृष्य विदेशी शक्तिहरूले पनि रास्वपालाई जादुमय जित दिलाउने भूमिका खेलेको बादलको निष्कर्ष थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार