
काठमाडौं, चैत २२ :
पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न अदालतले पुन: सात दिन म्याद थप गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको एकल इजलासले खड्कामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गर्ने निर्णय गरेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले चैत १५ गते पक्राउ गरेका खड्का उपर दोस्रोपटक म्याद थप गरिएको हो । भदौ २४ गतेको जेनजी आन्दोलनको खड्काको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो । खड्काको घरमा भेटिएका रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।