बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वमन्त्री खड्कालाई ७ दिन म्याद थप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
पूर्वमन्त्री खड्कालाई ७ दिन म्याद थप
काठमाडौं, चैत २२ :

पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न अदालतले पुन: सात दिन म्याद थप गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको एकल इजलासले खड्कामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गर्ने निर्णय गरेको हो। 

सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले चैत १५ गते पक्राउ गरेका खड्का उपर दोस्रोपटक म्याद थप गरिएको हो । भदौ २४ गतेको जेनजी आन्दोलनको खड्काको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो । खड्काको घरमा भेटिएका रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार