शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

दुई हप्ते युद्धविरामको नेपाल सरकारद्वारा स्वागत

पश्चिम एसियामा भएको द्वन्द्वमा २८ नेपाली घाइते
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ चैत, २०८२ मा प्रकाशित
दुई हप्ते युद्धविरामको नेपाल सरकारद्वारा स्वागत
काठमाडौं, चैत २७ :

परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको भन्दै नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

उनले दुई हप्ताका लागि युद्धविरामको सम्झौतालाई नेपाल सरकारले स्वागत समेत गरिसकेको जानकारी दिए । साथै, विवादहरूको शान्तिपूर्ण समाधानका पक्षमा आफ्नो निरन्तर अडान नेपालले पुनः दोहो¥याएको उनको भनाइ छ । प्रवक्ता क्षेत्रीले गत दस दिनमा यूएईमा मिसाइलको भग्नावशेष लागेर थप आठ जना नेपालीहरू घाइते भएकोमा हाल एक जना बाहेक सबैजना सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएसकेको जानकारी दिए । यससँगै हालसम्म पश्चिम एसिया क्षेत्रमा घाइते हुने नेपालीको संख्या २८ पुगेकोमा २७ जना सामान्य उपचारपछि घरफर्किसकेको उनको भनाइ छ ।

मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा उडानको अवस्था, फिर्तिको सम्भावना र श्रम स्वीकृतिसँग सम्बन्धीत गुनासा मात्रै आउने गरेको प्रवक्ता क्षेत्रीले बताए । 
उनले अब उडान सुचारु हुन थालेकाले विभिन्न देशमा रहेका नेपालीका शवहरु नेपाल ल्याउने कार्य जारी रहेको जानकारी दिए । द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार