
जाजरकोट, चैत २९ :
जाजरकोटमा ग्यास लिक भएर आगलागी हुँदा तीनजना घाइते भएका छन् ।
नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैसीको भान्साकोठामा आइतबार बिहान करिब १० बजे भएको घटना उनकी श्रीमती ४२ वर्षीया माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए ।
घाइतेहरूलाई नलगाड नगर अस्पतालमा उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। एकको अवस्था गम्भीर रहेको बताए । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई जाजरकोटबाट नेपालगञ्ज पठाइएको हो ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।