
प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले आ–आफ्नो सम्पत्ति विवरण कानुनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम उनीहरूको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार शाहको बैंक मौज्दात १ करोड ४६ लाख छ ।
उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल देखाएका छन् ।
बालेनको पत्नी सविनाको १९० तोला सुनचाँदी रहेको छ । प्राप्तिको स्रोत पैतृक रहेको उल्लेख गरेका छन् ।
शाहले माता ध्रुवदेवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा देखाएका छन् ।
त्यस्तै पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ ।