काठमाडौं, चैत ३० :

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । संसदीय दलको नेता चयन गर्ने सन्दर्भमा छलफल गर्न दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । बैठकमा संसदीय दलको नेता चयन प्रक्रियाबारे छलफल हुनेछ।

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। दलको नेताका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी र निस्कल राईलगायत नेताहरू आकांक्षी रहेका छन्।

बैठकमा क्रियाशील सदस्यता अद्यावधिक तथा अन्य संगठनात्मक विषयमा समेत छलफल हुने जनाइएको छ। 

यसैबीच, कांग्रेसले नयाँ वर्षको पहिलो दिनदेखि देशभर ‘जरामा जाऔं’ अभियान सुरु गर्दैछ। अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्न नेताहरूलाई देशभर खटाइने तयारी गरिएको छ।