शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कसैको लहडमा खारेज हुन सक्दैन : पूर्णबहादुर खड्का

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कसैको लहडमा खारेज हुन सक्दैन : पूर्णबहादुर खड्का
काठमाडौं, चैत ३० :

नेपाली कांग्रेसका निवर्तमान कार्वाहक सभापति पूर्णबहादुर खड्काले कसैको लहडमा क्रियाशील सदस्यता खारेज हुन नसक्ने बताएका छन् । ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै एक नेताले चाहदैमा खारेज गर्न नसक्ने भन्दै आपत्ति जनाएका छन्।

कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्,  ‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन। ’

कांग्रेस सभापति गगनकुमार थापाले चैत २५ मा मधेस प्रदेशमा आयोजित चुनावी समीक्षा कार्यक्रममा सदस्यता खारेज भएको घोषणा गरेका थिए। पार्टीको लेटरप्याडको दुरुपयोग गरेर कार्यवहाक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेकोमा खड्कालाई सचेत गराइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार