शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

संसदीय समितिहरुले दिएको निर्देशन र सुझावहरुको कार्यान्वयनमा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
संसदीय समितिहरुले दिएको निर्देशन र सुझावहरुको कार्यान्वयनमा जोड
काठमाडौैं, चैत ३० :

राष्ट्रियसभा सदस्यहरुले संसदीय समितिहरुले दिएको निर्देशन र सुझावहरुको कार्यान्वयनमा जोड दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनीहरुले समितिले निकै मेहनत र गम्भीर भएर छलफलमार्फत सरकारलाई आवश्यक निर्देशन र सुझाव दिएपनि कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै समितिको निर्देशन कार्यान्वयनमा जोड दिएका हुन् । समितिको वार्षिक कार्ययोजनाको वारेमा छलफल गर्दै उनीहरुले आगामी दिनमा जनसरोकारका मुद्दाहरुलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने समेत धारणा राखेका छन् ।

राष्ट्रिय सभा सदस्य कमला पन्तले भाद्र २३ र २४ को घटनामा भएको सुरक्षा कमजोरीका विषयमा आगामी दिनमा छलफल गर्नुपर्ने बताइन् । उनले यसअघि दिएका निर्देशन कार्यान्वयन नहुनु गम्भीर विषय भएकाले निर्देशन कार्यान्वयन हुने अवस्था बनाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले समितिले गहिराइमा पुगेर सुझाव तयार गरेपनि कार्यान्वयनमा कमजोरी देखिएको बताइन् । अहिलेको सरकारलाई झन् समितिको निर्देशन कार्यान्वयन गराउन कठिन हुने देखिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले समितिले तराई मधेशका जनताको समस्या लगाएत जनसरोकारका मुद्दाहरुलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार