
काठमाडौं, चैत ३० :
रास्वपाकै सांसदहरुले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। सोमबार बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको सामूहिक भेटमा रास्वपाका दुईजना सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग गृहमन्त्रीको कार्यशैली ठीक नभएको भन्दै ध्याकर्षण गराए।
स्रोतका अनुसार धादिङ २ बाट निर्वाचित सांसद आशिका तामाङ र काभ्रेपलाञ्चोक १ बाट निर्वाचित मधुकुमार चौलागाईंले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। आफ्नै पार्टीका गृहमन्त्री जिल्लामा जाँदा समन्वन नभएको र जनताका कुरा राख्न नपाएको उनीहरुको भनाइ थियो।
गुरुङले केही दिनअघि धादिङ र काभ्रे पुगेर खानीहरुको अनुगमन गरेका थिए। गृहमन्त्री गुरुङ ठाउँठाउँमा गाडीबाट आर्लदै हिँड्ने गरेका छन्। उनको यो शैलीलाई धेरैले स्टन्ट भनेर आलोचना गरेका छन् ।