मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार विदेश

रुस र पश्चिमा देशबीच शीतयुद्धपछिको सबैभन्दा ठूलो बन्दी आदान-प्रदान

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
रुस र पश्चिमा देशबीच शीतयुद्धपछिको सबैभन्दा ठूलो बन्दी आदान-प्रदान

काठमाडौँ,साउन १८: रुस र पश्चिमा देशबीच शीतयुद्धपछिको सबैभन्दा ठुलो बन्दी आदान-प्रदान भएको छ । जसमा कुल २४ जनालाई रिहा गरिएको अमेरिकाले पुष्टि गरेको छ । 
१६ कैदीलाई रिहा गरिएको र उनीहरू युरोप र अमेरिका फर्कने क्रममा रहेको ह्वाइटहाउसले जनाएको छ । 

यसको बदलामा अमेरिका लगायतका पश्चिमा देशले ८ जना रुसी बन्दीलाई रिहा गरेका छन् । अमेरिका, नर्वे, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका जेलहरूबाट ८ रुसी कैदीहरूलाई रिहा गरिएको हो । यसका साथै दुई जना कैदीका छोराछोरी पनि रुस फर्किएका छन् । 

राष्ट्रपति जो बाइडेनले अमेरिकी सामुद्रिक दिग्गज पल व्हेलन, रुसी-अमेरिकी पत्रकार अल्सु कुर्मशेभा र अमेरिकी ग्रिन कार्ड भएका रुसी-ब्रिटिश कार्यकर्ता भ्लादिमिर कारा-मुर्जा पनि अमेरिका फर्कने क्रममा रहेको पुष्टि गरेका छन्।

समन्वयात्मक रुपमा बन्दी रिहाइका लागि अमेरिकाले रुस, जर्मनी र अन्य तीन देशहरूसँग सघन वार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई ‘कूटनीति र मित्रताको उपलब्धि’ भनेर प्रशंसा गर्नुभएको छ ।  

एक वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा भएको वार्ता पछि उक्त सम्झौता भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार