बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्री शाह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ वैशाख, २०८३ मा प्रकाशित
पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्री शाह
काठमाडौं, वैशाख १ :

प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेका छन् ।  

नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका छन्।

“नयाँ वर्षले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नवीन प्रतिबद्धता लिएर आएको छ,” सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेखेका छन्, “आउनुहोस्, हामी सबै मिलेर आपसी सद्भाव कायम राखौँ र पूर्ण निष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार