सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ वैशाख, २०८३ मा प्रकाशित
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको भेट
काठमाडौं, वैशाख २ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए ।

मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार