बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश बागमती प्रदेश

बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ वैशाख, २०८३ मा प्रकाशित
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र
बुटवल, वैशाख ३ :

बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको हो । फुटपाथ खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले डोजर चलाएर फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।

अभियान अन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ । निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो । फुटपाथ खाली गरिएसँगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ ।

 यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, शहरको सौन्दर्य वृद्धि भई पर्यटक आकर्षण बढ्ने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । तर फुटपाथ व्यवसायीहरुले भने बैकल्पिक स्थान दिनुपर्ने माग गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार