बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ वैशाख, २०८३ मा प्रकाशित
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ३ :

सर्वोच्च अदालतले पूर्वमन्त्री  दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो ।

हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने अवस्था देखिएको भन्दै सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । तर उनलाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ । 

खड्काकी श्रीमती विनिता थापाले अदालतमा वन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।    खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत १५ मा पक्राउ गरेको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार