शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

राज्य व्यवस्था समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित

दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
राज्य व्यवस्था समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित
काठमाडौं, वैशाख ४ :

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि ढकालले बिहीबार सांसद पुरुषोतम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थकमा सभापतिमा मनोनयन दर्ता गराएका थिए ।

समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले समितिमा दलभन्दा बाहिर रहेर प्रभावकारी ढंगले काम गर्ने बताए । विभिन्न कारणले यसअघि समितिहरुले काम गर्न नसक्ने अवस्थाको अब अन्त्य हुने उनले बताए।  उनले अहिलेको स्थिर सरकारलाई सघाउँदै र स्थिरतालाई कायम राख्न समितिको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

नवनिर्वाचित सभापति ढकालले समितिमा प्राप्त भएका उजुरीहरुलाई पनि प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरुमाथिको छलफललाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार